एउटा भाषामा मात्र भइरहेको कोरोना प्रचार

नरेशवीर शाक्य

विश्व कोरोना भाइरसको आक्रान्तबाट त्राहीत्राही रहेको छ । यस भाइरसबाट नेपालीहरू प्रभावित नहुन भनी नेपाल सरकारले आवश्यक कदम चाली रहेको छ । राज्यको सबै नै बजेट मन गरि यसको रोकथामको निमित्त प्रचार प्रसार गरिरहेको छ । मुलुक लकडाउन नै गरेर तमाम आर्थिक गतिविधि ठप्प गरिराखेको छ । तर सयौ प्रश्नमा एउटा प्रश्न यो प्रयास आम सर्वसाधारणले बुझ्ने भाषामा भइरहेको छ त ? सरकारले एकै भाषामा मात्र गरिरहेको प्रचार प्रसार बहुभाषिक देशका जनताले बुझीरहेको छ त ?

सरकारले गरेका सबै प्रयासहरू एकै भाषामा प्रचार प्रसार हुँदा नेपालीहरूको संविधान प्रदक्त हक अधिकार हनन भइरहेको छ । नेपालको संविधानले नेपालमा बोलिन सबै मातृभाषा नेपालको राष्ट्रिय भाष हुन भनी अधिकार प्रदक्त भइसक्दा पनि संविधान कार्यान्वयन गर्नुपर्ने सरकारले यसलाई वेवास्ता गर्दै आइरहेको एक ज्वलन्त आधार वर्तमान सरकारले गरिरहेको गतिविधिलाई लिन सकिन्छ ।

कोरोना भाइरस विश्वको निमित्त नै अप्रत्यासित अनि अति नै कम समयमा यो विश्वभर फैलिएर यसबाट ३० हजार भन्दा बढी व्यक्तिको प्राण गइुसकेको छ । लाखौं मानिसहरू संक्रमित भइ उपचारमा रहेको छ, यसले गर्दा मृत्यु हुनेहरूको संख्याको ग्राफ उक्लिने निश्चित छ । नेपाल भित्रपनि कोरोना भाइरसका संक्रमितहरूको संख्या बढ्ढै गइरहेको छ । संक्रमितको शंका रहेकाहरूको पनि मृत्यु भइरहेको छ तर हालसम्म यहीकारणबाट मृत्यू भएको पुष्टि भएको छैन । यही कारण कोरोणा भाइरसको संक्रमणप्रति सबै अझै होशियार रहनु पर्ने आवश्यक छ । हामीले बुझ्ने भाषाबाट यसलाइ अझै बुझाएर आम जनताको प्राण बचाउनु पर्ने छ ।

कुनेपनि समस्याको समाधान समस्याग्रस्त समुदायमा पु¥याउन सफल हुन सकिएन भने यसको प्रभावकारिता बारे प्रश्न उठ्नु स्वभाविक नै हो । सरकारले कोरोनो भाइरसको असरविषय जतिसुकै प्रचार गरेतापनि, जस्तो सुकै ऐन नियम बनाएतापनि यसको पालन हुन, कुरा बुझाउन सम्बन्धित ब्यक्तिहरूको दिमागमा कुरा घुस्नु पर्दछ । कोरोना भाइरस, लकडाउन जस्तो शब्द आम ब्यक्तिहरूको निमित्त नयाँ शब्द हुन । यसको अर्थ र गाम्भीरता विषय ब्यक्तिहरूले बुझ्ने भाषामा प्रचार प्रसार गरिनु पर्दछ, बुझाउनु पर्दछ । लोकतान्त्रिक मुलुकका प्रत्येक नागरिकमा सुचनाको हक रहन्छ भन्ने मान्यता नेपाल सरकारले अभिभारा लिएको छ ।

नेपाल बहुभाषिक एवं बहुजातीय राष्ट्र हो । कोरोना भाइरसको असर र निदानविषय सम्पूर्ण बहुभाषिहरूले बुझ्ने भाषामा यसको सम्प्रेसन हुनु पर्दछ । भएन भने यो प्रभावकारि हुनसक्दैन । अहिले पनि कतिपय मानिसहरू लकडाउनको अर्थ नबुझेर आ आफ्ना घरबाट अनावश्यक रूपमा निस्किरहेको छ । तिनीहरूको निमित्त लकडाउन भनेको कस्तो हुँदो रहेछ भन्ने जिज्ञासां कै कारण घरबाट बाहिर ल्याउने काम भइरहेको छ ।