बिरामी परिक्षण : कोरोना भाइरस नियन्त्रणको उपाय

नवीन खतिवडा ,सिन्धुपाल्चोक

कोरोना भाइरस (कोभिड 19) अहिले संसारभरी नै महामारीको रूपमा फैलिएको छ।चीनबाट सरु भएको यो भाइरस अहिले संसारका सबै देशहरुमा फैलिएको छ।सुरुमा सामान्यरूपमा देखिएको यो भाइरसले अहिलेको आधुनिक एवं बैज्ञानिक बिश्वलाई नै चुनौती दिएको छ।यस भाइरसबाट साँढे नौ लाख भन्दा बढी संक्रमीत भएका छन भने लगभग उनन्चास हजार जना भन्दा बढी मनिसले ज्यान गुमाइ सकेका छन।

विश्वको महाशक्तीको रूपमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणको तथ्यांक एक्कासि बढेको छ।त्यस्तै इटालिमा सबभन्दा बढी झण्डै तेह्र हजार भन्दा बढी मनिसको मृत्यु भएको छ।युरोपमा पुर्णरुपमा यो भाइरसले कब्जा जमाइसकेको छ भने चीनले भने आफ्नो दुरदर्शिता ,स्वस्थ्य प्रणाली ,नागरिकहरुको दायित्व बोध गर्दै यसको संक्रमणलाइ नियन्त्रणमा लिएको छ। यसरी हेर्दा विश्व राजनीतिमा नयाँ आयम थपिएको छ भने चिनलाइ अब आउने समयको ठुलो शक्तिकोरूपमा हेरिएको छ।हुन त चीन आफैँमा बलियो राष्ट्र हो तर पनि विषम परिस्थितिमा लडने क्षमाता,दुरदर्शिता,लगनशीलता,नेतृत्व एवं सरकारद्वारा नागरिकलाई सुरक्षाको प्रत्याभुति गराउनु साच्चै तरिफयोग्य छ। वास्तवमै चिनको यो कदम कोरोना भाइरसको विरुद्धमा उत्कृष्ट नै देखिन्छ ।

विशेषगरि नोबेल कोरोना भाइरसले बिश्वब्यपी रूपमा प्रत्यक्ष वा अप्रत्यक्ष ढंगबाट सम्पूर्ण क्षेत्रमा प्रभाव पारेको छ। विश्वको अर्थतन्त्र नै तहसनहसको अवस्थामा जाँदै छ । उत्पादन, व्यापार तथा अन्य विविध क्रियाकलापहरू रोकिएको छ भने विश्व राजनितीमा नयाँ बहस सुरु भएको छ।

नेपालमा पनि यसको प्रभाव देखिसकेको छ ,जसको फलस्वरूप छ जना लाई कोरोना भाइरस को संक्रमण देखिएकोमा एक जना उपचार पछि घर फर्की सकेका छन। बिश्वको उच्च स्वास्थ प्रणाली भएको देशमा समेत हजारौंको संख्यामा मानिसहरुको मृत्यु भैरहेको र कोरोना विरुद्ध संघर्ष गरिरहेको अवस्थाम नेपालमा यदि यसको संक्रमण बढने हो भने हाम्रो स्वास्थ क्षेत्रले पक्कै पनि धान्न सक्दैन।त्यसैले हामी सम्पुर्ण नागरिकहरु आफै सुरक्षित भएर बस्नुको विकल्प छैन।नेपाल सरकारले कोरोना भाइरस रोकथाम गर्नका लागि लकडाउन गरेको छ भने सार्वजनिक रूपमा नागरिकहरुलाइ भिडभाड गर्न,अनावश्यक घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। जुनु सरकारद्वारा चलिएको अत्यावश्यक र महत्त्वपूर्ण कदम देखिन्छ ।हामी नागरिकहरूबाट पनि सरकारको निति, निर्देशन तथा आदेशलाई पालना गर्न आवस्यक देखिन्छ ।

कोरोना भाइरसको रोकथामको सबै भन्दा महत्त्वपूर्ण तरिका भनेको बिरामी परिक्षण नै हो।जुन अभ्यास चीनले अपनायो र कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सफल भयो। अमेरिकाले पनि यो कामलाइ तिब्रता दिएको छ भने हाम्रो छिमेकी भारतले तथा युरोपेली राष्ट्रहरुले पनि बिरामी परिक्षणमा जोड दिएका छन। तर नेपालमा नमुना परिक्षणले व्यापकता नपाउदा वास्तबिक संक्रमीतको संख्या प्राप्त गर्न सकिरहेको छैन।नेपालमा यो अबधिमा हजारौं मान्छे बिदेशबाट फर्किएका छन। तिनीहरु को स्वस्थ्य परिक्षण छिटो भन्दा छिटो गर्नुपर्छ।त्यसैले आवश्यक सामाग्री , प्रयोगशाला, स्वस्थ्यकर्मि ,मेडिकल सामाग्रीको ब्यबस्थापन छिटो गर्न जरुरत देखिन्छ। तत्काल कोरोना संक्रमीतको पहिचान गर्न निकै आवस्यक छ।जसको लागि छिटो भन्दा छिटो विशेषगरि बिदेशबाट आउने नागरिकहरूको स्वास्थ्य परिक्षण हुनु पर्दछ साथै क्वारेनटाइन्को ब्यबस्थापन गर्नुपर्दछ। विकसित रास्ट्रहरुको कोरोना बिरुद्धको असल अभ्यास लाई अनुसरण गर्नु पर्दछ ।यदी नेपालमा यसको संक्रमण बढदै गएमा हाम्रो स्वस्थ सँयन्त्रले धान्न सक्छरु हाम्रो पुर्बतयारी पर्याप्त होलारु भन्ने प्रश्न विदितै छ।त्यसैले सरकारले दिएको निर्देशन पालना गरि यसबाट स्वयं आफू जोगिएर घरमा बस्नुको विकल्प नै छैन।

यसरी हेर्ने हो भने नेपालमा कोरोनाको जोखिम उच्च भएतपानी बेलामा नै दुरदर्शिता देखाउने र आवस्यक तयारी एवं सतर्कता अपनाउने हो भने पक्कै पनि कोरोना भाइरसलाइ नियन्त्रण गर्न सकिन्छ । कोरोना भारसको अहिले सम्म उपचार सम्भव नभएकोले यसबाट जोगिन सावधानी अपनाउनु नै उपयुुक्त कदम हुन सक्छ।