“म यस्तो गीत गाउँछु–२” को प्रिमियर शो

लोकप्रिय नायक/नायिका पल शाह र पुजा शर्मा अभिनित “म यस्तो गीत गाउँछु–२” को आज बुधबार कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर शो सम्पन्न भएको छ । यही फागुन १३ गतेदेखि कीर्तिपुर सिनेप्लेक्स लगायत देशभरि रिलिज हुने यस नेपाल चलचित्रमा संगीत साधनालाई राम्ररी प्रस्तुत गरिएको छ ।

सुदर्शन थापाद्वारा निर्देशित यस चलचित्र हेर्न नेपाली चलचित्रका अधिकांश कलाकारहरू आउनुभएको थियो । कोभिडको महामारीका कारण सिथिल प्रायः भइरहेको नेपाली चलचित्र उद्योगलाई यस चलचित्रले राम्रो व्यापार गर्न सकोस् र नेपाल चलचित्र उद्योग फस्टाउन मद्दत होस् भनी चलचित्रका सम्पूर्ण पदाधिकारीहरूलाई सफताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रिमियर शोमा नीर शाह, रामचन्द्र अधिकारी, दमन रुपाखेती, दिपकराज गिरी, दिपाश्री निरौला, गौरी मल्ल, निशा अधिकारी, प्रियंका काकी, आयुषमान, सरोज खनाल, पुजा शर्मा, दिनेश डिसी, वर्षा रावत, निर्मल शर्मालगायत ख्याती प्राप्त कलाकारहरूका साथै थुप्रै पत्रकारहरू समेत सामेल हुनु भएको थियो ।

नेपाली चलचित्र म यस्तो गीत गाउँछु–२” को कीर्तिपुर सिनेप्लेक्समा भएको प्रिमियर शो हेर्न आउनु भएका सम्पूर्णलाई नेवाः मौलिक बाजा खिंको तालमा बाँसुरीबाजाले स्वागत गरिएको थियो ।