कीर्तिपुर आक्रमणको युद्ध रहस्य अब चलचित्रमा

तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान उनाइसौं शताब्दीको पूर्वाधमा कीर्तिपुरमा गरेको आक्रमणको युद्ध रहस्य अब चलचित्रमा हेर्न पाइने भएको छ । फोकस पिक्र्चस्को ब्यानर तथा प्रदीप खड्गीले निर्देशन गरेकाेनेपाली कथानक चलचित्र “कीर्तिपुर” द लिजेण्ड अफ कीर्तिलक्ष्मीले आम दर्शकको युद्ध सम्बन्धिको कौतुहलतालाई पूर्ण गर्न लागेको हो ।

उपत्यकामाथि विजय प्राप्त गरेर नेपाल एकिकरण अभियानलाई पूर्णता दिएको विषयमा अधिकांश नेपालीलाई जानकारी छ तर सो समयमा उत्पन्न भएको सन्त्रास तथा माहौल विषयमा धेरैलाई थाहा छैन । अब सो कौतुहलता चलचित्रमार्फत देखाइने छ, चलचित्रमा कला निर्देशन गर्ने केके मानन्धरले बताउनुभयो । चलचित्रको कथाबस्तु ऐतिहासिक भएकाले पनि हचुवा नभएको उहाँको भनाइ छ । हुन पनि निर्माण टिमले इतिहासविद्, संस्कृतिविद् तथा सम्बन्धित पक्षसँग विगत तीन वर्ष यता देखि निरन्तर समन्वय गदै आएको बताइएको छ ।