अमेरिकामा कोरोना भाइरसबाट संक्रमित १० लाख नाघ्यो

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाख नाघेको छ । अमेरिकामा १० लाख ३५ हजार ७ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेहरुको संख्या ५९ हजार २ सय भन्दा बढी छ । न्यूयोर्क राज्यमा मात्रै ३ लाख १ हजार ४ सय ५० संक्रमित छन् भने त्यहाँ मृतकको संख्या २३ हजार १ सय ४४ पुगेको छ ।