लकडाउनले मानसिक स्वास्थ्यमा पर्ने असर र बच्ने उपाय

नरेश बोहरा

डिसेम्बर २०१९ चिनको उहान शहर बाट सुरु भइ अहिले सम्म बिश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस जसको कारण डब्लूएचओ का अनुसार हालसम्म ९३२०१३ जना सङक्रमित छन भने ४६६६७ जनाको मृत्यु भएको र १८९२५६ जनाभन्दा बदी सङ्क्रमित पुर्णरुपले निको भइ घरफर्किसकेका छन । तर यसको कारण मानसिक स्वास्थ्यमा भने करिब ८०% भन्दाबढी मानिसहरु प्रभावित हुनसक्ने अनुमान गर्न सकिन्छ l यसबेला मानसिक स्वास्थ्यमा असर पार्ने विभिन्न कारण मध्ये लकडाउन प्रमुख बनेको छ ।

कोरोना भाइरस को कारण रहर नभई बाध्यताले बिश्व अहिले लकडाउनमा फसेको अवस्थाछ ।जसको कारण मानिसहरुले झेलिरहेको समस्यामध्ये  एक हो मनसिक समस्या । कोरोना भाइरस को अहिले सम्म औसधि  पत्ता लागेको छैन जुन बिश्वको लागि दुर्भाग्य बनेको छ र बिश्वले माहामारीको संकठ खेप्नु परेको छ। यो रोग प्राय :स्वासप्रस्वासको माध्यमबाट सर्ने रोग भएकाले यस रोगबाट  बच्न सेनिटाइजर मास्क पन्जा तथा अन्य पर्सनल प्रोटेकटिभ सामान प्रयोग गरि सङ्क्रमित बाट दुरि कायम राखेमा बच्न  सकिए पनि बर्तमान बिश्वमा उच्च जनसंख्या र बिश्वब्यापीकरणका कारण  यस महामारीबाट बच्ने एक उत्तम उपाय लकडाउन नै भएको बैज्ञानिकहरुले पुष्ठि गरेका छ्न । फलस्वरूप बिश्वभरी नै मानिसहरु घरर्भित्र बन्दी हुनुपर्ने अवस्था छ।

तर लकडाउनले प्राय : मानिसहरुमा विभिन्न खालका समस्याले गर्दा मानसिक स्वास्थयमा भने नराम्रो असर पर्ने देखिन्छ । लकडाउनका कारण धेरै मानिसहरुमा खाद्यन्न तथा दैनिक उपभोग्य बस्तुहरुको अभावका कारण, आर्थिक अभावका कारण मानसिक स्वास्थ्यमा असर परेको छ  त केही मानिसहरु घरपरिवार आफन्त बाट टाढा भएकाले एक अर्काको चिन्ताले पिरोलिरहेको हामिले भोगिरहेका छौ भने केही मनिसहरु घरर्भित्र बस्दा बस्दा धेरै नै फुर्सदिला भयर वाक्क दिक्क भइ  छटपटाइरहेका छन । यी विभिन्न कारणले मानिसको मनमा हमेशा हजारौ  कुराहरु खेलिरहने भएकाले मनमा डर लाग्ने , आतिने ,निन्द्रामा गडबड हुने , यक्लोपन महसुसहुने चिन्तित हुने आदि मनसिक समस्याहरु देखिन सख्छ्न जसको कारण यी समस्या हरु पछि सम्म रहिरहने हुदा भबिस्यमा गएर डीप्रेसन , एन्जाएटि , डिसअडर, stress , चिन्ता आदि समस्याहरु रहिरहन सक्ने र जीवन नै बर्बाद हुन सक्ने भएकाले  यस्ता समस्याबाट बच्न  सरकारले खाद्यान्न  तथा दैनिक उपभोग्य बस्तु अझ  सहज रुपमा उपलब्ध गराउने र सबैले सम्बन्धित निकाय संग समन्वय गर्ने । र आम मनिसले सकारात्मक सोच्ने , योग , ध्यान , सामन्य ब्यायाम गर्ने,  किताब पढ्ने,लेख्ने,चलचित्र हेर्ने,  सङ्गीत सुन्ने,  गाउने ,बजाउने, नाच्ने , रमाइलो कुराकानी गरि हास्ने हसाउने जस्ता कृयाकलाप गरि आफू लाई ब्यस्त राखेर  लकडाउनको बेला मानसिक समस्याबाट वच्न सकिनुका साथै रोगप्रतिरोधात्मक शक्ति बडेर अरु जस्तो सुकै रोग बाट पनि बच्न सक्छौ ।यस बरेमा सबैको ध्यान जाओस् ।

(लेखक त्रिचन्द्र बहुमुखी क्याम्पस काठमाडौं मा चिकित्सा मनोबिज्ञान स्नातकोत्तर अध्ययनरत छन् )