अब प्रदेश, जिल्ला र पालिकाबीचको आवतजावत गर्न नपाइने

सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणको लागि लकडाउनको पूर्ण पालना नै राम्रो विकल्प भएको भन्दै कडाइ गर्ने भएको हो ।