नेपाल संक्रमणको दोस्रो चरणमा

नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को 'लोकल ट्रान्समिसन' भएको छ। कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देखिएका तीन केस सहित ९ जनालाई कोरोना संक्रमण देखिएको छ। यस मध्ये ८ जना विदेशबाट आएका हुन् भने एक महिलाको कुनै ट्राभल हिस्ट्रि देखिँदैन। नेपालमै रहेकाहरुमा संक्रमण भेटिएको भने यो पहिलो पटक हो ।