यूएस बंगला विमान दुर्घटना: ४९ को मृत्यु, २२ घाइते

बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्रु र चालकदलका ४ सदस्यसहित काठमाडौं आएको यूएस बंगलादेश एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४९ को मृत्यु भएको छ । विमानमा ३३ नेपाली, ३६ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक थिए ।

दुर्घटना लगत्तै विमानमा आगो लागेको थियो । विमानमा आगोलागेपछि काठमाडौं, भक्तपुर, ललितपुरको अग्नी नियन्त्रक बारुण यन्त्र विमानस्थल पुगेका थिए । नेपाली सेना, प्रहरी,शसस्त्र प्रहरी, विमानस्थलका कर्मचारीले घाइेतेको उद्धार गरेका थिए । विमानमा आगलागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापासहितका सरकारी अधिकारी विमानस्थल पुगेका थिए ।