रहेनन् स्टीफन हकिङ

विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ ।

उनी यस्तो विमारीबाट पीडित थिए, जसका कारण उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो । स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ ।

उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ । सन् २०१४ मा उनको जीवनमा अाधारित रहेर चलचित्र दी थ्योरी अफ एभ्रिथिङ निर्माण भएको थियो ।