हृदयरोग निवारण प्रतिष्ठान ललितपुरको वार्षिक साधारण सभा सम्पन्न

नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाको २६ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

प्रतिष्ठानका सभापति डा. श्री पुष्पराज राजकर्णिकारको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानकै जेष्ठ सदस्य तथा बौद्ध विद्वान श्री लोकबहादुर शाक्यज्यूको आतिथ्यतामा सम्पन्न भयो ।

उक्त कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष श्री दीपेन्द्रपुरुष ढकालले शाखाहरु सक्षम भई मुटुरोगको नियन्त्रण कार्यमा अघि बढ्नुपर्छ भन्नु हुँदै ललितपुर शाखाले यसको पहल गर्ने कार्यक्रम तयार गर्न आग्रह गर्नुभयो ।

रोटरी डिस्टिूक ३२९२ ललितपुर सामुदायिक हृदयरोग सेवा केन्द्रका अध्यक्ष श्री दिलेन्द्रराज श्रेष्ठले मुटुरोग जस्तो जोखिम मोल्नुपर्ने रोगबाट बच्न ललितपुरमा एउटा स्तरीय मुटु अस्पताल स्थापना गर्ने कार्यमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा र रोटरी ३२९२ ले सहकार्य गरेको जानकारी गराउनु भयो ।

प्रतिष्ठानको ललितपुर शाखालाई मुटुरोगको उपचारका लागि अक्षयकोष स्थापना गर्न श्री रत्नेश्वरी श्रेष्ठज्यूबाट रु. १२ लाखको आर्थिक सहयोग गर्नुभएकोमा कार्यक्रममा वहाँलाई सम्मान गरियो ।