कोरोनाभाइरस रोकथामको लागि बलिउड कलाकारले गरे आर्थिक सहयोग

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण भारतमा पनि तीव्र भएको छ भने यसको रोकथामको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदींले एक कोषको स्थापना गरेका छन् । यस कोषमा बलिउडका कलाकारहरुले आर्थिक सहयोग गर्ने क्रम पनि बढेको छ ।

प्रसिद्ध कलाकार अक्षयकुमारले प्रधानमन्त्रीको यस कोषलाई २५ करोड भारु सहयोग गरेका छन् । त्यस्तै निर्माता भूषणकुमारले ११ करोड, हाँस्य कलाकार र टिभी कार्यक्रम संचालक कपिल शर्माले ५० लाख, र कलाकार वरुण धवनले ३० लाख, कलाकार मनिष पलले २० लाख र मुरद खेतानीले २५ लाख सहयोग रकम दिने घोषणा गरेका छन् ।

कोरोना संक्रमणको कारण २१ दिन लकडाउन भइरहेको भारतमा हालसम्म १०७१ जना संक्रमण भएको पुष्टि भइसकेको छ भने यसका कारण २९ जनाको मृत्यु भइसकेको छ ।