कोरोनामा सरकारको लापरबाही

आयुषा सुवेदी

चीन वुहान सहरमा डिसेम्बर २०१९ मा पहिलो पटक पुष्टि भएर देखा परेको नोबल कोरोना भाइरस चीन हुँदै समग्र यूरोप, अमेरिका र अफ्रिकी मुलुकहरुमा आफ्नो प्रभाव देखाएको कुरा सर्वत्र अवगत नै छ । हाल यसले समग्र संसारलाई नै आफ्नो चपेटामा लिइसकेको अवस्था छ । कोभिड–१९ को प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको पाइन्छ । प्रारम्भिक यस महामारीलाई नियन्त्रणमा ल्याउन भरमुग्दर प्रयास भए पनि विश्वमा झन बढी मात्रामा देखा पर्दै गएको छ ।

प्रारम्भमा जिउँदो मासु बेचबिखन हुने बजारमा काम गर्ने कामदारहरुमा निमोनिया जस्तो अज्ञात रोग देखा परेको थियो । रुघाखोकी लाग्ने, उच्च ज्वरो आउने, स्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षणहरुसहित संक्रमितहरु एक्कासी बढ्न थाले । ति मध्य केही मरे । पाँच हप्ता पछि जनवरी ७ मा कोभिड १९ को रुपमा यो विकराल रोगको पहिचान भयो । । देश विदेशमा फैलिएको कोभिड १९ को घातक फैलावट जारी रह्यो । यस रोगले आर्थिक, सामाजिक र राजनीतिक असर गर्दै जाँदा विश्व निकै आतंकित बनेको कुरा हाम्र सामु छर्लंग छ ।

पहिलो लहरले वृद्धवृद्धालाइ बढी असर गरेको थियो भने दोस्रो लहरको कोरोना घातक भएर युवाहरुमा बढ्दै गइरहेको छ । बिना लक्षणको र सामान्य अवस्थाका संक्रमित घरमै छन् भने अति जटिलताका बिरामीले अस्पतालमा औसधी उपचार नपाएर मर्नुपरिरहेको छ ।

हालसम्म नेपालमा ८७ प्रयोगशालामा कोरोना परीक्षणको सुविधा भएको छ । स्रोतसाधन, समय र जनशक्तिका भरमा पनि यति कामलाई पनि उत्साहजनक नै मान्नुपर्छ । गत वर्ष चैत्र ११ गते नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित व्यक्ति फेला परेका थिए । चीन सरकारले नेपाललाई चाहिए जति स्वास्थ सामग्री र आवश्यक सहयोगको पूर्व सुची पठाउन अनुरोध गरेको थियो । तर पनि सरकारमा बस्नेहरुले आलटाल गरेर समय बिताए । अपुरो सुची ढिलो गरि गयो । यस्तो मानवीय सङ्कटका बेला पनि मुलुकदोहन गर्ने महारोगबाट नेपाल यस्तो परिस्थितिमा पनि उम्कन सकेन ।
अहिले विश्वको अवस्था हेर्दा भाइरस लागेर सामान्य अवस्थामा फर्किएका मानिसको प्रतिरक्षा प्रणालीमा आएको परिवर्तनका बावजुट पनि कोभिड–१९ ले फेरि सिकार बनाउँदै गएको छ । कोरोनाको खोप – खभचचयअभिि ,अयखबहष्ल बनिसकेको अवस्थामा पनि हाम्रो जस्तो गरीब मुलुकमा खोप कहिले आउने ? नेपालीले लगाउन पाउने दिन अघि नै ८५ प्रतिशतभन्दा अधिक नेपालीलाई कोरोना संक्रमणले ज्यान नलेला भन्न सकिन्न ।

कोरोनाले धनी–गरिब, जातभात र देश भन्दैन । यस्तो विकराल परिस्थितिमो सबैभन्दा चिन्ता को बिषय हो दैनिक ज्याला मजदुरी गरि जीवन गुजारा चलाउनेहरु एउटै कोठामा कोच्चिएर बस्नुपर्ने, धारा, पानी, उपचार र रकमको आभावमा जिउनुपर्नेहरुका पीडा र समस्या । तिनलाई सम्बोधन गर्ने सरकार नहुँदा सरकार र सरकारको जिम्मेवारीमाथि सवाल उठिरहेको छ ।

कोरोना झन् बिकराल रुपले सहर–सहरमा अब डेरा जमाउँदै गएको अवस्थामा अहिले विकट गाउँलाई समेत आक्रान्त तुल्याउन थालिएको हो । पोहोर सालको पहिलो चरणमा दैनिक पाँच सय संख्याबाट दैनिक दुई हजार दुई सय पुग्न करिब चार महिना लागेको थियो भने आहिले प्रतिदिन संक्रमितको संख्या पाँच सयबाट हजारौं पुगिरहेको छ । संक्रमण रोक्नका लागि सरकारले गरेको ढिलासुस्ती नागरिकका लागि अभिशाप बन्न गएको छ । सरकारबाटै भएका लापरबाहीले झनै समस्या निम्त्याएको देखिन्छ । रामको मुर्ति स्थापना गर्ने क्रममा बालुवाटारदेखि देवघाट हँुदै माड़ीसम्म फैलिएको भिडको कारक पनि सरकार नै थियो । यता धरहराको उद्घाटनको नाममा पनि त्यसरी नै भिड जम्मा गरियो । मुख्यतः युवामा बढ्दो प्रभाव देखाएको यो लहरले पर्ने प्रभावहरु तत्काल न्यूनीकरणका उपाय नचालिँदा नेपाली समाजले भयावह परिदृश्यको सामना गर्नु परेको छ । भारतमा भएको जस्तो हाहाकार नेपालमा पनि देखिदै गएको छ ।

कोरोनाको पहिलो पटक नेपालमा संक्रमित भेटिए यता सरकारले सामान्य नीति नियम कार्यान्वयनमा ल्यायो । नेपाल सरकारले नेपाल टेलिकम, एनसेलसँग गरेको सम्झौता र सहकार्यका कारण धयचप ाचयm जयmभ जस्ता प्रस्ताब ल्याएको थियो । टेलिकमसँग गरेको सहकार्यले बस्ती बस्तीमा कोभिड १९ का प्रभाव र आवस्थाबारे जनमानसले बुझ्ने अवसर पाए । सवारी साधनमा जोर बिजोरको प्रणालीले केहि हदसम्म कार्यान्वयनमा सहज गरायोे । यस बाहेक यस्तो संकटको बेलामा समेत सरकारले प्रभावकारी र अर्थपूर्ण काम गर्ने प्रतिबद्दता पूरा गर्न सकेन । स्वास्थ क्षेत्र सबल र सक्षम भए मात्र महामारीसँग जुझ्न सहज हुने रहेछ । स्वास्थ क्षेत्रलाई सरकारको दायित्वभित्र पारी आम नागरिकको पहुँचमा पु¥याउने राम्रो मौका दिएको थियो तर नेपालमा कोरोनाको संक्रमण भेटिए यता सरकारले लकडाउनको निर्णय देखाउनु बाहेक कुनै पनि काम गर्न सकेन । यस्तो संकटका बेला पनि कोरोनाको औषधी पानी खाऊ र बिमारी भए घरमै बस भनेर सरकारले असल नियतले काम नगर्ने तथा पूर्णतः अधर्मी चरित्र प्रस्तुत गरेको छ ।

तसर्थ राम्रो राजनीतिक नेतृत्वले कुनै पनि आपतकालीन अवस्थालाई खेर जान दिँदैन । यस समय पनि सत्ता र कुर्सीका लागि नभई नागरिकका बारेमा सोच्ने बेला भएन र ? अन्त्यमा अक्सिजन,क्ष्ऋग्,ख्भलतष्बितयच औषधीको अभावले भएको मृत्यु राज्यद्वारा गरिएको हत्या त हो नि होइन र ?