संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

सरकारले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न सिफारिस गरेको छ । संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेपछि प्रधानमन्त्री केपी ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

बैठकले संसद भंग गरी मध्यावधि चुनाव घोषणा गर्न सिफारिस गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् । जानकारी अनुसार पहिलो चरण कात्तिक २६ र दोस्रो चरणको चुनाव मंसिर ३ गते तोक्न सिफारिस गरिएको छ ।