बिस्काः जात्रा नरोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको कारण देखाएर यस वर्ष बिस्काः जात्रा रोक्ने निर्णय गरेको थियो ।

जिल्ला प्रशासनको निर्णय लगत्तै अधिवक्ता राजकुमार सुवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यस रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । आजै भक्तपुर नगरपालिकाले मापदण्ड पालना गर्दै जात्रा मनाउने निर्णय गरेको छ ।

तश्वीर - अमित वनमाला