थप ५७ जनामा कारोनाको संक्रमण, एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द

थप ५७ जनामा कारोना भाइरस(कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षमा ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस लगतै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।

यसैगरि कपिलवस्तुमा एक जना नर्समा कोरोना भाइरसको संक्रमण देखिएको छ। कपिलवस्तुको ताैलिहवा अस्पतालमा कार्यरत एक जना नर्सलाई कोरोना भाइरसको संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले जानकारी दिए।