लन्डनमा कन्चन अमात्यलाई शाही सम्मान सहित मानवता सेवा पुरस्कार

नेपाली चेली कन्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्राप्त भएको छ । उनलाई बेलायती शाही परिवारद्वारा उनले मानवता र सामाजिक कार्यमा गरेको योगदानको मुल्यांकन गर्दै उनलाई उक्त सम्मान गरिएको हो । उक्त पुरस्कार कन्चन अमात्यकी आमा कृष्ण अमात्यले ग्रहण गरेकी थिइन् ।

उक्त पुरस्कार ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाई लर्ड एर्ल स्पेन्सर पुरस्कार समारोहमा वितरण गरेका थिए । अमात्य शीर्ष २० उत्कृष्ट युवाहरूमा छनौट परेकी थिइन्, जसमा बेलायत, क्यानाडा, मलेसिया, नाईजेरिया, तान्जेनिया र भारत आदि रहेका छन् ।

बेलायती शाही परिवारको एक प्रतिष्ठित नागरिक सम्मान पाइने उच्च पुरस्कार हो ।