सरकार, विद्यार्थीको समस्या छिटो समाधान होस!

 नरेश बोहरा 

हुन त विश्वनै महामारीको सङकट खेपिरहेको यस घडीमा सिङ्गो मानव जगत देखि लिएर जिवजन्तु पशुपन्छी सहिद रोइरहेको बेला दु:ख अनि पीडा कसलाई नहोला र। पापी कोरोना भाइरसले गरिरहेको बिस्वयुद्यमा सन्सारभरीका मानिसहरु एकजुट भएर  भोक, प्यास ,डर नभनी निरन्तर लदिरहदा पनि पचासौं हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन यस रोगबाट । कति दुख पिडा खेपिरहेका होलान् । कति रोइरहेका होलान् तिनका परिवार र आफन्तहरु । कति बिचल्लित होलान् सङ्क्रमितका परिवार तथा  आफन्तहरु । भोकभोकै मर्ने डरले कति  छटपटाइरहेका होलान् लकडाउनमा बस्ने हरु। विश्वनै त्रसित पारिरहेको छ यस रोग ले । हुन त यो एउटा भाइरस कति दिन सम्म नै बाच्न सक्ला र । केहि दिन पछि भाइरसलाई पुर्णरूपमा पराजित गरि विश्वले विजयप्राप्त गर्नेमा हामी ढुक्क छौं । तर तेतिन्जेलसम्म भोकले मर्ने डरले छटपटाइरहेका छन आम मानिसहरु । धन्न हाम्रो देश नेपालमा नेपाल आमाको कृपाले भनौ या भगवानको कृपाले यस रोगबाट ८/९ जना सङ्क्रमित भएपनि ज्यान भने कसैले गुमाउन परेको छैन यो हाम्रालागि सबभन्दा खुशीको कुरा हो । तर बिचल्लीत भने लाखौ मानिसहरु छ्न यस समयमा ।

विश्वमा धनी, बौद्धिक र शक्तिशाली राष्ट्रहरुले बच्न नसकेको र नियन्त्रण गर्न नसकेको यस रोगबाट हाम्रो जस्तो गरिब मुलुकले बच्ने एउटामात्र उपाय हो लकडाउन  जुन सरकारले गरेको राम्रो उपाए हो र हामी आम नेपालीहरु १५ दिन देखि लकडाउनमा बसिरहेका छौं । लकडाउनको बेला विभिन्न  देशहरुले जसरी आफ्ना सम्पूर्ण जनतालाई राहाद सहिद ब्यबस्थापन गरिरहेको छ त्यसरीनै हाम्रो देशले पनि गरिब जनता , पिछडिएका बर्ग , बिदेशमा अलपत्र परेका तथा सिमानामा अलपत्रपरेका हरुलाई खाद्यन्न राहद सहिद ब्यबस्थापन गरिरहेको छ र आम मानिस हरु को ध्यान तेता तिर केन्द्रित भएको छ यो कदम हाम्रा लागि महत्वपूर्ण नै हो ।  ।

तर बिडम्बना देशको आधा जनसंख्या विद्यार्थी रहेको हाम्रो देशमा जो घर छाडेर पढ्नको लागि कोठा भाडामा बस्दै आइरहेका चाहे धनीका छोराछोरी हुन या गरिबका छोराछोरी अहिले सबको समस्या समान छ, कारण कोरोना भाइरस र लकडाउन ।

गाउँघरमा बैंक त पर को कुरा फ्याटफुट घन्टऔ  हिडेर पाइने आइएमइ हरु सब बन्द छन । तेहि पनि एक गाउँ देखि अर्को गाउँ जान दिदैन लकडाउनले  । आज लकडाउन को १५ औं दिन बिचरा लकडाउनको ५ औं दिन मै चामल सकेर किन्ने पैसा नभइ भोकै बसेको छु भन्ने मेरो विद्यार्थी साथी के खाएर बसिरा होला यति का दिन सम्म ६ औं दिन मै ग्यास नपाएर राइस कुकरमा भात मात्र पकाएर खाइराछु भन्ने साथी के गर्दै होला अहिले सम्म नुन किन्ने पैसा नभएर नुन बिना को दालभात खाइरहेको छु भन्ने साथी के सङग खाइरहेको होला दालभात र म जस्तै आज सम्म खाइरहेका तर भोलि देखि न पैसा न भान्छा मा सुको  हुने हरु कति होलान्  देशभरी र कसरी बाच्नेहोलान अबका लकडाउनका दिनहरु। सायद छोराछोरि यसरी भोकै बसेका देख्दा मेरो घर परिवार मात्र नभएर लाखौं विद्यार्थी साथीहरुका घर परिवार कति चिन्तित होलान् । हामी आम विद्यार्थी चाहन्छौ हाम्रो देशमा यस रोगबाट बच्न लकडाउन अझै चाहिन्छ तर यहि अवस्थामा खै कसरी बाच्ने हामी । विद्यार्थीको पिडाको बारेमा न कुनै सन्चार मध्यमले बोलेको सुन्यौं   , न कुनै राजनितिक पार्टीले बोलेको सुन्यौं न कुनै विद्यार्थी संगठनले बोलेको सुन्यौं , न त अहिलेसम्म नसरकारले नै । त्यसैले यस बिसयमा छिटोभन्दा छिटो सरकारको ध्यान जाओस र आम लाखौं विद्यार्थीको समस्या समाधान गरियोस अनि मात्र हामी आभारी हुनेछौ ।

(लेखक  त्रि-चन्द्र बहुमुखी क्याम्पस, काठमाडौंमा स्नातकोत्तर प्रथम बर्ष अध्ययनरत छन्)