भाे म बिदेश जान्न आमा

सुमन राज पौडेल

शनिबार को दिन थियो एका बिहानै पानी परेर पनि पारिलो घाम लागेको थियो । अफिस बिदा हप्ता भरीको एकदिन छुट्टि घरको सरसफाइ अनि आमालाई काममा सघाउन पर्ने बिस्तारै आमाको अवस्था पनि कमजोर हुँदै गाको थियो । बाहिर पिडीमा बसेर बिहानको पारिलो घाम ताप्दै थिए भित्रबाट आमाले बाफ छुटाउँदै सेतो स्टिलको गिलासमा चिया ल्याउनु भयो, सँगै मेरै छेउमा बस्नु भयो र भन्नु भयो बाबु अब के गर्छस दस हजार को जागिरले घर चलाउछस् कि आफू चल्छस् कि पल्ला घरे काका को ऋण तिर्छस्?

बा बेलैमा भगवानको प्यारो भए, दिदीको बिहे गर्दाको ऋण अझै बाँकी नै छ ।अब बिस्तारै तेरो पनी गर्न पर्नी होला । बाबु बरु बिहे गर मलाइ सहारा हुन्छ तलाई पनि ढुक्क । विदेश पसेर केही कमाउँछस की नेपाल मै बसेर के गर्छस् कसरी ऋण तिर्छस? जति नै पढेपनि भनेजस्तो जागिर पाइनी होइन व्यापार गर्ने पैसा हामी जस्ता सँग कहाबाट हुनु ।

भो आमा म परदेश जान्न ऋण को भारी माथि झन् ऋण थुपार्न सक्दिन आमा विदेश जाँदा पनि त लगानी नै गर्नु पर्छ होइन र रु अनि के थाहा छ र सजिलै पैसा कमाईएला भन्नि ।मलाई रहर छैन आमा आँखामा कालो चस्मा घाँटीमा डिएसएलआर भिरेर समुन्द्र को छेउमा गएर फोटो खिचेर दुनियाँलाई देखाऊ मलाइ रहर छैन् आमा भित्र अनेकौं पीडा लुकाएर बाहिर फिस्स हाँसो हाँस्दै अ म ठीक छु काम राम्रो छ अनि दाम पनि राम्रो छ भन्न ।

दुनियाका सबै छोरा छोरी विदेशिएका छन् भन्दै मा म पनि जानै पर्छ भन्ने छैन आमा मलाइ विदेश कर्म थलो बनाउनु छैन ।नेपाल मा पसिना बगाएको छु भने विदेश मा त रगत बेच्नु पर्छ ।आफैलाई बिर्सिएर काम गर्नु पर्छ ।त्यो पल कतै मैले तिमीलाई नै बिर्सिए भनी? कतै परदेश पसेर पनि ऋण तिर्न सकिन भनी कतै म आफै फिर्न सकिनँ भने रु सोचे जस्तो सजिलो अनि सहज छैन ।बेलै मा बाले छोडेर गए दिदी पाराई को घर अब म पनि तिमीलाई यो हाल मा छोडेर सात समुन्द्र पारिलो त्यो बिरानो मुलुक कसरी जाउँ? आमा म यही पसिना बगाउँछु बेच्नै परेछ भने पनि रगत यही बेच्छु ।हो आमा। यहाँ पनि गारो छ न जागिर न व्यापार तर विदेश झन् गाह्रो छ ।

मन मा आँट अनि शिरमा तिमीले दिएको आशीर्वाद छ ।त्यसैले पनि होला मलाई कहिल्यै अरूको अगी झुक्न परेको छैन । अनि की आमा बिहे गरेर आएकी हजुर की बुहारी लाइ पनि त कति गाह्रो हुन्छ होला नि है । जिन्दगी भर कहिल्यै साथ नछोड्ने कसम खाएर। ल्याएको मायालाई चटक्कै छोडेर परदेशिन अह सक्दिन आमा ।नेपालमै केही गर्छु थोपा थोपा मिलेर समुन्द्र बने जस्तै सानो सानो काम बाट ठूलो काम गर्ने छु । आँखाले देखेका हरेक सपना पूरा गर्ने छु तिमीलाई कुनै दिन पछुतो हुन दिने छैन ।

पैसा मात्रै सब थोक होइन हर चीज पैसाले किन्न सकिँदैन तपाईंलाई सहारा चाइएको बेला मैले प्रदेशमा कमाएको टन्न पैसा ले केही गर्दैन । मायाको बदला माया हुनु पर्छ पैसा होइन आमा । साहु को ऋण तिर्ने बहाना मा तिम्रा अनि मेरा खुसी मार्न सक्दिन । पर्देसिनु मात्रै अन्तिम बिकल्प होइन अनकौं चुनौती हरु सँग लड्न सक्नु नई त जिन्दगी हो । सजिलै पाएको खुसी खुसी होइन त्यो धेरै समय टिक्दैन पनि ।

आमा हिजो यी सबै कुरा तिमीले नै भनेकी होइनौ? रयति सुने पछि परेली मा खस्दै गरेका आँशु पुछ्दै भन्नु भयो थाहा छैन बाबु मैले के सोचे अझै पनि कति यही बसेर साहुको कच कच सुन्छस कमसेकम बाहिर भइस भने केही कम होला भनेर मात्रै हो । नत्र त मलाई पनि कहाँ रहर छ र रु बिस्तारै सहारा अनि आहारा खोज्ने बेला तलाई पनि बिरानो मुलुक पठाउन ।

साँच्चै अतिनै गारो भएको थियो त्यो पल के गरौं कसो गरौं खुब दोधार भए गिलास को चिया कति बेला सकिएछ पत्तै पाइन ।जुरुक्क उठेर आमा लाइ अंगालो हाल्दै भने तिम्रो बुढेस कालको साहारा तिमीलाई छोडेर कहीं जाँदैन जे गर्छ नेपाल मै गर्छ यही झुप्रो मा बसेर गर्छ मनमा आँट अनि बिश्वास छ आमा की तिम्रो छोरो अर्का को देश नोकर हुन भन्दा आफ्नै देश मा मालिक भएर बस्ने छ यो तिमीलाई मेरो वचन भयो आमा ।