तिमी तिम्रो जिन्दगी बाट खुसी छौ?

सुमनराज

विश्व पुरै  लडाउन को स्तिथिमा छ यो समय   आफूलाई  सुरक्षित राख्ने   मात्र  एउटै उपाय  हो घर मै बस्ने ।तर घरमा  बसिरहँदा हामी के  गर्दै छौं  त त्यो पनि  सोच्नु पर्छ ।यो खाली समय परिवार सँग त बिताइरहेका छौं  तर अरु के  गर्न सकिन्छ जसले आफूलाई केही सहज हुन्छ। त्यसैले पनि केही सोच्नुस् केही गर्नुस् आफूलाई ब्यस्त बनाउनुस् ।आज सोचेका  अनि  गरेका काम ले भोलि यो अवस्था हट्ने बित्तकै तपाईं लाई साथ दिन सक्छ आफूलाई अझैं निखार्नुस ।
त्यसैले मैले  सुरु गरे अर्को कथा ,

खै के लेखौँ लेख्ने शब्द हरु हराएका छन्  जिन्दगी जिउने बहाना मा कति चाहना मारिएका छन् ,कति सपनाहरु पछाडि सारिएका छन् ,आखिर के का लागि कसका लागि , किन टोडिन्छन् सपना किन मोडिन्छन  गन्तव्य , किन हराउँछन् बाटा हरु ,किन चराउँछन्। पुराना घाउका खाटाँहरु ,

जिन्दगी हिजो के थियो सबै बितिसक्यो  तर  हिजो देखेका तिनै सपनाहरुले निदाउन दिदैनन आज,
जिन्दगीलाई जिन्दगी जस्तो बनाएर  जिउन पर्ने रहेछ ,लाग्छ तिमीले जिन्दगी  त पायौ  तर जिउन जानेनौ ।
भनिन्छ नी माल पाएर चाल नपाएको सायद त्यस्तै भयो जिन्दगी पनि ।
हिजो तिमी बच्चा थियौं तिमीलाई सबै ले माया गरे कतै हराउला ,कतै डराउला  ,कतै एक्लो होला कि भन्दै हात समाउने धेरै थिए ,जब तिमी ठूलो हुँदै गयौ नी त्यो भीडबाट  एक्लिँदै गयौ ,कारण थाहा छ ? तिमी लाई सधैं एकनास ले कसैले पनि माया अनि साथ दिँदैन
तिमीलाई सधैं। कोखाई कोखाई   गर्दै कसैले खुवाउँदैनन् ।अब तिमीलाई कसैले ताते ताते गर्दै  कसैले हिनाउँदैन ।
हिजो तिमी लड्छौ भन्दै हात समाउथे तर आज तिमीलाई कसरी लडाउने भन्दै सोचिरहन्छन् ।

जिन्दगी को दौड मा कति मान्छे अघि पुगिसके तर अझै कति पछाडि घिर्सिरहेका छन् अगाडि बढ्न का लागि ।
थाहा छैन गन्तव्य कहाँ छ ? कसलाई भेटाउन छ ? के सुनाउनु छ ? बस् दौडिरहेका  छौं ।भन्न त भन्छौ नी  एकबार को जिन्दगी हाँसेर  जिउनु पर्छ  तर तिमी हाँस्न जानेकै छैनौं , बाँच्न जानेकै छैनौ ।
अरु कै निम्ति हाँसिरहेका छौं अरु कै निम्ति बाचिरहेका छौं ।
किन हस्दैनौं आफ्नै निम्ति
किन बच्दैनौं आफ्नै निम्ती
आखिर कसरी हाँस्न सक्छौं र
तिमीले त जिन्दगी नै जिउन जानेकै छैनौ ।
कहिल्यै आफूलाई चिन्ने प्रयास गर्यौ ?
म को हूँ ?
म के गर्दै छु ?
कहाँ जाँदै छु ?
यो सब के का लागि गर्दै छु ?
अह कहिल्यै सोचेनौ कहिल्यै बुझ्ने कोसिस नै गरेनौ  बस् चलिरहेको जिन्दगी चलिरहोस् मात्रै भन्यौ ।
किन सधैं अरु कै निम्ति  बाच्छौ ?
एक पटक आफ्नो लागि बाँचेर र त हेर ।
दुनिया तिमीले सोचे भन्दा  कति  फरक छ ।कति मूल्यवान छ
त्यो भीडबाट एकपटक आफूलाई अलगाएर  हेर ।
सक्छौं एकपक ऐना मा हेर ।
तिमी को हौँ ?
के बन्न चाहन्छौं ?
के तिम्रो सपना छैन ?
तिम्रो जिन्दगी तिमीले जिउने होइन ?
यहाँ भोलि कसैले देखेको छैन ।
त्यसैले आफ्ना सपना पूरा गर
मनमा लागेको सबै गर
यहाँ असम्भव केही छैन् ।

र अन्त्य मा यति कुरा बुझ "जब सम्म तिमीले प्रगति गर्न सक्दैनौं
तब सम्म आफूले आफूलाई चिन्न सक्दैनौं ।।"
दुई दिन को जिन्दगी खुलेर बाच
मनमा होलान् अनेक पीडा भुलेर  बाच ।।