नारी (कविता)

रीतादेवी प्रधान

पहिले छानामाथि विशाल आकाश त हुन्थ्यो
तर, आकाश छानाले छेकिन्थ्यो
भ्mयालबाहिर खुल्ला हरियाली र चउर त देखिन्थ्यो
तर, झ्यालमा बाक्लो पर्दा हुन्थ्यो

तर, ढोका हरदम बडेमानको अग्लो हुन्थ्यो
त्यही पर्दा भएको झ्यालभित्र
अग्लो लगाइएको ढोकाभित्र
र आकाश छेकिएको छानामुनि
बाचिरहेका हुन्थे नारी

तर, समय सधैं उही रहन्न
गतिलाई सधैं रोक्न सकिन्न
नारीको निरन्तर घन्केको आवाजले
कयौं नारीका संघर्ष र वलिदानले
आज कोल्टो फेरेको छ समयले
कत्तिले नयाँ मोड पाएको छ

आज छाना उघारेर
आकाश खुल्ला भएको छ
हृदयहरु हेर्नै पर्दा हटाएका छन् नारीहरुले
अग्लो ढोका निकालेर फ्याकिएको
परिवर्तनकोे मोड आएको छ

म त भन्छु
अझ गर्न बाँकी छन् धेरै
पुग्नु छ अझ धेरै पर
बुझिराख, बुझिराख
आकाश हो नारी
धरती हो नारी
त्यसैले नछेक आकाशलाई धरतीलाई
नरोक नारी आफ्ना गतिशीलताका पाइला हरु
पुरुष सरह नारी पनि सक्षम छन् संसारको
विकास गर्नुमा

तसर्थ, म भन्छु नारी तिमीमा विश्व हल्लाउन सक्ने
शक्ति विराजमान छ
तसर्थ, नरोक नारी आफ्ना गतिशीलताका पाईलाहरु
नरोक नारी आफ्ना गतिशीलताका पाइलाहरु