सिभिल बैंकमा रञ्जना लिपिको बोर्ड

सिभिल बैंकले रञ्जना लिपिको प्रयोग गरी साइन बोर्ड स्थापना गरेको छ । उक्त कार्य सिभिल बैंकको दौबहाल शाखाबाट प्रारम्भ गरेको हो ।

दौबहाल शाखाको उद्घाटन समारोहमा उपस्थित अतिथिहरुले रञ्जना लिपि साइन बोर्ड थालनीको प्रशंसा गरे । उक्त शाखाको उद्घाटन वांग्मय शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका थिए भने समारोहका सभापतित्व सिभिल बैंकका अध्यक्ष ई इच्छा राज तामाङ्गले गरेका थिए । प्रमुख अतिथि वांगमय शताब्दी पुरुष सत्य मोहन जोशी, बिशिष्ट अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा अन्य विशिष्ट पदाधिकारीहरु, ललितपुर उद्योग बाणिज्य संघका पदाधिकारीहरु, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको उल्लेखनीय उपस्थिति रहेको थियो ।