सरकारकाे विभेद नितिकाे विरूद्वमा ‘दमन’ कार्यक्रम सम्पन्न

ललितपुर – ललितपुरको खोकनामा मूलबासीलाई विभेद विरुद्ध ‘दमन’ कार्यक्रम सम्पन्न पुष २० गते सोमबार सम्पन्न भएको छ ।

खोकनाको लाक्षिमा भएकाे कार्यक्रममा स्थानीय बासिन्दाहरु जमघट भई परालबाट ‘दमन’ भूइमा बनाएकोलाई आगो बालेर सरकारको तर्पmबाट भइरहेको जातिय विभेद र बिस्थापन याेजना तथा सम्सद बिघटन विरुद्धमा साे कार्यक्रम गरिएकाे थियाे ।

नेपाल सांस्कृतिक पुर्नजागरणका केन्द्रीय सदस्य समेत रहेका असोज महर्जनका अनुसार नेपाल सरकारद्वारा मुल जाति नेवार, राई, थारु, तामाङ, खस, गुरुङ, मगर लाई गर्दै आईरहेको अन्याय, शोषण, विभेद र विस्थापन विरुद्ध सांकेतिक विरोध “दमन” कार्यक्रम गरेकाे जनाए ।

उनले थप्दै भने, खोकना लगायत उपत्यकाबासीहरुलाई अमानवीय ढंगबाट राष्ट्रिय गौरव योजनाका लगायत विभिन्न बहाना संविधान, ऐनकानून गौरकानूनी रूपमा विस्थापित योजना ल्याएको विरोधमा कार्यक्रमको आयोजना गरेको जनाए ।