अमेरिकाले जित्यो महिला वर्ल्डकप

अमेरिकाले महिला वर्ल्डकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गर्दै अमेरिकाले महिला वर्ल्डकप फुटबलको उपाधि जितेको हो ।

पहिलो हाफसम्म बराबरीमा रोकिएको अमेरिकाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । ६१ औं मिनेटमा अमेरिकाले पेनाल्टी पायो । पेनाल्टीको सदुपयोग गर्दै मेगानले अमेरिकालाई १-० गोलको अग्रता दिलाइन् । ६९ औं मिनेटमा नै लाभिल्लीले अर्को गोल थप्न सफल भइन् । उनको गोलसँगै अमेरिका २-० गोलअन्तरले अघि रहृयो । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि अमेरिकाले उपाधि जितेको हो । अमेरिकाले महिला वर्ल्डकपको उपाधि जितेको चौथो पटक हो ।