नेपाली मुलका दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा (भिडियो सहित)

अमेरिकन आइडलको १८ औं सिजनमा सहभागी बनेका दिवेश पोख्रेल (आर्थर गन)ले अप्रिल ६ को कार्यक्रममा गीत प्रस्तुति गरि टप २० मा पुग्न सफल भएका छन् । उनले बब मार्लीको इज दिस लभ भन्ने गीत प्रस्तुति गरेका थिए ।

प्रस्तुति अघि पोख्रेलले आफू यति अघिसम्म आउला भन्ने सोच्दै नसोचेको बताएका थिए । प्रस्तुतिपछि निर्णायक केटि पेरिले युवा गायक भन्दै आँखा खुल्ला राख्न सुझाव दिइन् । अर्का निर्णायक लिओन रिचीले “तिमी सायद हाम्रो सबैभन्दा अद्वितीय प्रतियोगी हौ,” भनी प्रतिक्रिया दिएका थिए ।