चिन्नुस् यी अफवाह फैलाउने १७ नेपाली वेबसाइट

प्रेस काउन्सिल नेपालले मिति २०७६।१२।१० देखि २०७६।१२।१६ गतेसम्मको अवधिमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका सम्बन्धमा जथाभावी प्रचारप्रसार गर्ने ३६ वटा अनलाइन सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधी त्यस मध्ये निम्न १७ वटा वेबसाइटहरुलाई नेपालभित्र प्रकाशन÷प्रसारण हुने नसक्ने गरी व्यवस्था मिलाउन दूरसञ्चारलाई पत्राचार गरेको छ । कोरोनाभाइरसले विश्व नैं आक्रान्त बनेको अवस्थामा नेपालमा गलत अफवाह फैलाउने यी साइटहरु तपाईंहरु पनि जान्नुहोस् र गलत सूचना र समाचारबाट आफू पनि बच्नुहोस् र अरुलाई पनि बचाउनुहोस् ।

१. कास्कीखबर डटकमः चैत ८ गते ‘धनुषाका जिल्लाका २ जना युवामा कोरोना भाइरस भेटियो, शेयर गरी नेपालीमाझ पुराइदिनुहोला’ शीर्षकको समाचार प्रकाशन÷प्रसारण गरेको
२. नेपाली अनलाइनन्यूज डटकमः चैत १० गते ‘वीरगञ्जमा एकजनामा देखियो कोरोना भाइरस’ शीर्षकको समाचार प्रकाशित गरेको
३. भिजिटस्टार्ट डटकमः चैत ८ गते ‘नेपालमा कोरोना भाइरस लुकाउने कोसिस, इटालीको भन्दा भयावह अवस्था आउनसक्ने, डब्लुएचओ शीर्षकमा समाचार प्रकाशित गरेको
४. न्युज ट्वेन्टीसेभेनमिडिया डटकमः ‘दुःखद् खबर १ वीरगञ्जमा सिरहामा एकजना विरामीमा कोरोना संक्रमणको लक्षण देखियो, गाउँ नै आतंकित, सबैलाई घरबाहिर ननिस्कन आग्रह’ शीर्षकको समाचार प्रकाशन गरेको छ
५. मिडिया माइनेपाल डटकमः चैत ९ गते ‘वीरगञ्जमा एकजना कोरोना संक्रमित फेला परे’ शीर्षकमा समाचार सम्प्रेषण गरेको
६. निगरानीखबर डटकमः मार्च ४ मा ‘दार्चुलामा भेटियो कोरोना भाइरस’ शीर्षकमा समाचार छापेको
७. हाम्रो अभियान डटकमः मिति नै उल्लेख नगरेर यो अनलाइनले ‘पत्रकार सम्मेलनमा गएका पत्रकार कोरोना संक्रमित, छोरीमा समेत पोजिटिभ’ शीर्षकमा समाचार प्रकाशन गरेको
८. नेपालडीप डटकमः चैत ९ र १० गते ‘कोरोनाको मौका छोपी प्रहरी पत्रकार नै लुटपाटमा लागेपछि’, र ‘राजाको सक्रियताले प्रचण्ड चिन्तित, भने, भारतले राजालाई बुई बोक्यो’, र ‘मौसूफ नारायणहिटी सर्ने तयारी गर्नुहोस् ः योगी आदित्यनाथ’, शीर्षकमा समाचार प्रकाशित गरेको
९. बीबीसीई नेपाल डटकमः चैत १३ गते समाचार सम्प्रेषणका क्रममा ‘न्यूज २४ का दुईजना पत्रकारलाई कोरोना भाइरसको संक्रमणको पुष्टि’, ‘प्रधानमन्त्री ओलीको नेपालमा चीनको प्रभाव रोक्न, यस्तो एक्सन, बेइजिङ आत्तियो १’, ‘खुशीको खबर जापानले कोरोना भाइरसको औषधि पत्ता लगायो, ३४० बिरामीमा प्रयोग गर्दा बिरामी निको भए, पढेर शेर गरौं १’ शीर्षकमा समाचार प्रकाशन गरेको
१०. इन्यूज ट्वेन्टीफोर नेपाल डटकमः १९ मार्चमा ‘खुशीको खबर ः कोरोनाबारे नयाँ तथ्य पत्ता लगाए वैज्ञानिकले १’ शीर्षकमा समाचार सम्प्रेषण गरेको
११. ललितपुरखबर डटकम: यो अनलाइनले चैत ११ गते ‘चितवनमा मृत यादवलाई कोरोना भएको रिपोर्ट’ शीर्षकमा समाचार प्रकाशन गरेको
१२. एचखबर डटकमः मिति नै उल्लेख नगरेर ‘थपिने भयो लकडाउनको अवधि, १८ गते नखुल्ने, सरकारको यस्तो निर्देशन, अब कहिले खुल्छ’, ‘खुशीको खबर सक्दो सेयर गर्नुस्, एक नेपालीले कोरोना भाइरसको औषधि पत्ता लगाएको दाबी’, ‘खुशीको खबर फ्रान्सबाट फर्केकी नेपाली युवती निको भएर डिस्चार्ज’ भन्ने समाचार प्रकाशित गरेको । यसमा शीर्षक एउटा, तस्बीर प्रधानमन्त्री केपी शर्मा ओलीको राखिएको छ । साथै ‘विश्वकै सबैभन्दा सानो गौमाता, शेयर गरी पुण्य कमाउनुहोस्’ शीर्षकमा समाचार सम्प्रेषण गरेको ।
१३. पवित्र टिभी डटकमः यो अनलाइनले फेब्रुअरी १९, मार्च १७, २४ र २७ तारिखमा ‘पत्रकारले मेयरलाई कोरोनाको बारेमा फोन गर्दा मेयरले फोन राख मु१ मा चो११ भनेपछि’, ‘सिराहामा ९ जना कोरोनाका बिरामी भेटिए, गाउँलेहरु आतंकित’, ‘कोरोना भाइरसको संक्रमण भइरहेकोले नेपालले चीनको बदनाम ग¥यो’, ‘मलेसियामा लकडाउनको समयमा झन कोरोनाको डरलाग्दो रुप, १५१८ संक्रमितका साथै १४ जनाको मृत्यु’ शीर्षकमा समाचार प्रकाशन गरेको ।
१४. सिआइएनेपाल डटकमः चैत १३ गते ‘डब्लुएचओको चेतावनी ः पहिलो चरणमै कोरोना संक्रमण रोक्न नसकिए नेपालमा महामारी’ शीर्षकको समाचार प्रकाशन गरेको ।
१५. नेपाल डट खबरकान्तिपुर डट कमः मार्च २८ को दिन “बिरामीको शव फोहोरमैला राख्ने स्थलमा फालेर अमानवीय व्यवहार देखाइएकोछ, किन यस्तोहुन्छ नेपालमा शये र गरौं”, “बल्ल कोरोना भाइरसको औषधी चीनले नै पत्ता लगायो” समाचार सम्प्रेषण
१६.अनलाइन सुनपतिदहू डटकमः मिति उल्लेख नगरी “लकडाउन दुई साता थपियो” प्रकाशन
१७. भ्वाइस समाचार डटकमः मिति उल्ल्ेख नगरी “नेपालमै बन्यो कोरोना भाइरसको औषधी, म नेपालीहरुलाई बचाउन कोरोना भाइरसको औषधी फ्रिमा दिन्छु (भिडियोसहित) सम्प्रेषण गरेको