शेयर बजार चैत २५ सम्म बन्द

नेपाल सरकारले लकडाउन अवधि बढाएसँगै चैत २५ गतेसम्म शेयर बजार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले सोमबार सूचना जारी गर्दै लकडाउन अवधिभर बजार बन्द रहने जानकारी दिएको हो ।

यसअघि नेप्सेले चैत १० गतेदेखि ५ दिनको कारोबार बन्द गरेको थियो । सरकारले लकडाउनका समयावधि बढाएपछि नेप्सेले पनि बजार बन्द गर्ने समयावधि बढाएको हो । कोरोना संक्रमण फैलिएर लकडाउन भएका प्रायः देशहरुमा शेयर बजार बन्द भएको छैन । नेपालमा अनलाईन कारोबार गर्नसक्नेको संख्या न्यून भएकाले बजार बन्द गर्न लगानीकर्ताले नै दवाव दिँदै आएका थिए।

Tagsnepse