अमेरिकामा २ लाख मानिसको मृत्यु हुन सक्ने

अमेरिकाका चर्चित संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरसका कारण एकदेखि दुईलाख मानिसको मृत्यु हुन सक्ने बताएका छन्। डा. फाउचीले कोरोना संक्रमण बढिरहेको क्रमको आधारमा सीएनएनसँग कुरा गर्दै यो कुरा बताएका हुन्।

अमेरिकामा मात्रै एक लाख ४३ हजारभन्दा धेरै कोरोना भाइरसबाट संक्रमित भएका छन् भने २६०० भन्दा बढीको मृत्यु भइ सकेको छ। सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शनका अनुसार अमेरिकामा २०१०देखि हरेक वर्ष सीजनल फ्लूबाट १२ हजारदेखि ६१ हजारको मृत्यु हने गरेको छ। कोरोना भाइरसबाट हुने मृत्यु फ्लूबाट हुने मृत्यु भन्दा धेरै गुणा रहेको छ । वृद्ध जनसंख्यामा कोरोना भाइरसबाट मृत्यु हुनेको दर फ्लूभन्द ६ गुणा धेरै रहेको बताइएको छ ।