पोर्टल्याण्डमा अमेरिकी दम्पतिको जंक्व

अमेरिकी दम्पति मार्कस (मार्क) थोमस र बेट्टी डरह्यामको सोमवार नेवार परम्परा अनुसार जंक्व संस्कार सम्पन्न भएको छ । संयुक्त अधिराज्य अमेरिकाको ओरेगन राज्यको नृत्यमण्डप महाविहारमा प्रज्वलरत्न वज्राचार्यले उक्त जंक्व पूजा गरेका हुन् ।

जंक्व पश्चात थोमस दम्पतिलाई रथमा राखी नेवार बाजागाजाका साथ वरपर परिक्रमा पनि गराइएको थियो । कुनै व्यक्ति ७७ वर्ष, ७ महिना, ७ दिन, ७ घडिको समयमा पहिलो जंक्व गर्ने परम्परा रहेको छ । दम्पतिमा कुनै एक उक्त उमेर पुग्दा दम्पति दुबैलाई सँगै जंक्व गर्ने परम्परा अनुरुप मार्कको उमेर र लगन जुरेकाले उक्त जंक्व सम्पन्न गरिएको हो ।