मकवानपुरमा राखिएको काठमाडौं र नेपाल मण्डल

नीरन गोपाली

धेरैलाई थहा नभएको विषय पक्कै पनि हो। जब ७५ जिल्लाको सिमाङ्कन कोरियो, तब शाह वंशीय महेन्द्र शासन थियो। ऊ बेला पहाड र नदीलाई टेकेर केही सिमीत व्यक्तिहरूले जिल्ला सिमाङ्कन कोरेका थिए, र त्यस बखत केही पचिदा घटनाहरू भएका थिए।

कुन्छाल, चित्लाङ, तिस्तुङ जस्ता स्थानहरू नेपाल मण्डलको दक्षिणी भेगमा मकवानपुर सँग जोडिएको थियो। मल्ल काल सम्म यो मकवानपुर जोड्ने काठमाडौंको दक्षिणी द्वारका रूपमै चिनियो। चित्लाङलाई स्थानीय भाषामा "चिलं" भनिन्छ। पालुङको नाउँ "पा लोहं"बाट आउँछ। यो भनेको नेपाल मण्डलको कुनै क्षेत्रमा ढुङ्गाको मन्दिर मूर्ती बनाउनका लागी ढुङ्गा ल्याउने स्थान हो। भौगोलिक हिसाबले यो अर्को सानो उपत्यका हो। काठमाडौँ उपत्यकाको मौलिक नाम नेपा: उपत्यका भए जस्तै यस उपत्यकाको मौलिक नाम पनि हुनुपर्छ, जस बारे खोजोनुपर्छ। ऐतिहासिक ग्रन्थहरू अनुसार, नेपा: गा: मध्य बिन्दुमा राखेर पूर्वमा एउटा उपत्यका(बेनेपा, पनौती भएको), अनि दक्षिणमा यो उपत्यका गरी पश्चिमी भेगमा न:क्वा: लायकू(नुवाकोट दरबार) र उत्तरमा द्वाल्खा भनेर नेपाल मण्डलको सीमा उल्लेख छ।

राजा महेन्द्रले ७५ जिल्ला कोर्दा यी क्षेत्रलाई मकवानपुर जिल्लामा पारेका थिए। स्थानीयले विरोध पनि गरे, तर शाह वंशी राजाले सुनेन। यसरी नेपाल मण्डलको क्षेत्रलाई मकवानपुर जिल्लामा हालियो। प्राकृतिक मनोरम दृश्यमात्र होइन धार्मिक क्षेत्र र साँस्कृतिक वस्तीका रुपमा रहेको नेपाल मण्डलको तिस्तुङ, पालोहं(पालुङ) र चिलं(चित्लाङ) क्षेत्र पर्यटकिय क्षेत्रको रुपमा परिचित छ । कल कल झरना । वरपर स साना पहादका थुम्काहरुले घेरिएको सानो उपत्यका । हरियाली जङ्गल र नजिकैबाट देखिने सुतिरहेका गणेशका आकृतिका पहाडले।

यी ऐतिहासिक नेवा: बस्तीहरूलाई मकवानपुर जिल्लामा गाभिए पछी स्थानीयले विरोध त गरे, तर सफल हुन सकेन। सांस्कृतिक रूपमा जोडिएका स्थानहरूलाई महेन्द्रकालीन जिल्ला सिमाङकनले तोड्यो। यसै क्रममा नेपालमा पहिलो पल्ट चन्द्रशमशेर राणाको पालामा चिलं(चित्लाङ) र तिस्तुङका स्थानियहरुले गाडी बोकेर ल्याउनु पर्थ्यो।

यस्ता धेरै इतिहास बोकेको यो क्षेत्र सास्कृतिक र प्राकृतिक रुपमा पनि धनी छ, तर धेरै युवा पुस्ता भने यसको बारे जान्दैनन्। जिल्लागत् रूपले केही दशक अगाडी छुट्याएको भएर युवा पुस्ताहरूमा यो नेपाल मण्डल-पनको भान हराएको छ। सांस्कृतिक रूपले भने अझै पनि निकट नै छ। एउटा ठूलो ग्वंग:च्व डाँडा वारी पारी गोपालीहरू बस्छन्। पछिल्लो समय स्थानिय तहमा जनप्रतिनिधिहरु चुनिएपछी यस क्षेत्रलाई धार्मिक, सास्कृतिक र प्राकृतिक व्यवस्थापन गरि पर्यटकिय नगरको रुपमा घोषणा गर्ने तयारी भइरहेको छ ।

सात सय वर्ष पुरानो लिच्छविकालीन राजा अंशु बर्माले स्थापना गरेको "क्व:त लायकू" पनि तिस्टुङमै अवस्थित छ । अहिले क्व:त लायकू को भग्नावशेष मात्र रहेको छ भने त्यस नजिक तलेजु भवानीको मन्दिर अहिले सञ्चालनमा छ ।

तलेजु भवानी हरेक नेवा: प्रमुख शहरमा हुन्छ, जहाँ छुट्टै स्थानीय राजा हुन्थ्यो। तिस्तुङमा केही आधुनिक शैलीका घर सडकछेउमा बने पनि अधिकांश घर पुरानै नेवा: शैलीका छन् । तिस्टुङको पश्चिम दक्षिणमा रहेको कुन्छाल गाउँको गोपाली गाउँ नेपालकै नमूनायोग्य गाउँका रूपमा परिचित छ । यहाँ गोपाली, महर्जन, बलामी, श्रेष्ठ, कपालीलगायत जातिको बसोवास छ ।