पहिलो निर्णय: क्लिन काठमाडौं र नेपालभाषा पनि कामकाजको भाषा

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीसहित ३२ वडाका निर्वाचित वडाध्यक्ष र सदस्यले जिम्मेवारी सम्हाल्दै सपथ ग्रहण गरेका हुन् । निर्वाचित पदाधिकारीहरुले नेपाली र नेपालभाषामा सपथलिएका थिए ।

मेयरमा विद्या सुन्दर शाक्य र उपमेयरमा हरिप्रभा खड्गीले पदवहाली गरेसँगै नगर कार्यापालिका बैठक बसेको थियो । मेयर शाक्यले ‘क्लिन काठमाडौं’को फाइलमा हस्तक्षर गरेका थिए । उनले १ सय दिनमा गर्ने १ सय १ कामको सूचीमा मेयर पदभार ग्रहण गरेकै दिन ‘ग्रीन एन्ड क्लिन काठमाडौं’ अभियान सुरु गर्ने उल्लेख थियो । त्यसैगरी उपमेयर खड्गीले काठमाडौं महानगरपालिकाको वेबसाइड अपग्रेड गर्दै पदबहाली गरेकी थिईन् ।

काठमाडौँ महानगरपालिकाको पहिलो निर्णयमानेपालीसँगै नेपाल भाषालाई पनि महानगरको सरकारी कामकाजको भाषा बनाउने पनि अनुमोदन भएको छ । ‘नेपाल भाषाका विज्ञ दोभाषेका व्यवस्था मिलाई सेवाग्राहीलाई सहज सेवा पुर्‍याउने प्रवन्ध गरिनेछ’ निर्णयमा भनिएको छ । रञ्जना लिपीलाई महानगरको सबै कार्यालयको बोर्ड र लेटरप्यार्डमा प्रयोग गर्ने निर्णय पनि नगरकार्यपालिकाले गरेको छ ।

काठमाडौं महानगरपालिकाको पहिलो निर्णय

१) बार्षिक १२ हजार वृद्धभक्ता
२) क्लिन काठमाडौं
३) सूर्योदय अगावै फोहोर उठाउने
४) भूकम्पपीडितको नक्सा पास निशुल्क
५) नेपाली र नेपाल भाषालाई कामकाजीको भाषा
६) महत्वपूर्ण सार्वजनिक स्थलमा फ्रि वाइफाइ
७) महानगरको भवन तथा वडा कार्यालयको भवन निर्माण
८) सार्वजनिक शौचालय निर्माण
९) महानगरलाई जिवन्त शहरमा विकास