बस दुर्घटनामा एकको मृत्यु

आज बिहान धोवीखोला पुलबाट गोपीकृष्ण हलतर्फ जाँदै गरेको बा २ ख ९०० नम्बरको नेपाल यातायात मिनीबसको ठक्करबाट अन्दाजी ५० वर्षीय व्यक्तिको मृत्यु भएको छ । मृतक व्यक्तिको हालसम्म सनाखत हुन सकेको छैन ।

उक्त दुर्घटनापछि गाडी र चालकलाई बालाजु प्रहरीले नियन्त्रणमा लिएको छ ।