धादिङमा अर्जेन्टिनाको समर्थनमा मोटरसाईकल र्‍याली

विश्वकप फुटबल नजिकिंदै गर्दा धादिङ सदरमुकाम धादिङबेसीमा अर्जेन्टिना टिमका फ्यानहरुले उक्त टिमको समर्थन गर्दै मंगलबार मोटरसाईकल र्‍यालीमा निकालेका छन् । र्‍यालीले अर्जेन्टिनाको विजयको कामनामा निकालिएको थियो ।

उक्त र्‍यालीमा नेपाल वार एशोसिएशन धादिङका पूर्व अध्यक्ष विश्वराज अधिकारी, प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकी, गणित शिक्षा परिषद धादिङका सचिव उत्तम भट्ट, धादिङका फुटबल स्ट्राइकर अनमोल भण्डारी, फुटबल खेलाडीहरु भिषण श्रेष्ठ, अनिल भण्डारी, राजन भण्डारी लगायतका व्यक्तिहरुले सहभागीता जनाएका थिए । केहि दिन अघि धादिङमा ब्राजिलका समर्थकहरुले सिरान बजारको एक होटलमा भेला भई सामुहिक तस्वीर खिचाएका थिए ।