तनहुँमा जीप दुर्घटना हुँदा पाँचको मृत्यु

तनहुँको फिरफिरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा फिरफिरे वडा नम्बर-१ का ५५ वर्षीय लोकबहादुर गुरुङ १७ वर्षीया राधा गुरुङ १२ वर्षीय रवीन गुरुङ १३ वर्षीया पूर्णिमा गुरुङ र ३० वर्षीय शान्ता गुरुङको मृत्यु भएको हो । दुर्घटनामा २५ भन्दा बढी घाइते भएका छन् । जसपुरवाट दुलेगौंडा आउँदै गरेको ग। १ च २५५८ नम्बरको जीप सडकबाट तीन सय मिटर तल खसेको थियो ।