फिफाद्वारा गणेश थापा दोषी ठहर

अखिल नेपाल फुटलब संघ (एन्फा) का अध्यक्ष गणेश थापा भ्रस्ट्रचारमा संलग्न भएको पुष्टि गर्दै विश्व फुटबलको सर्वोच्च संस्था फिाफाले दश वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । फिफाको विधानविरुद्ध घुस लिएको पुष्टि भएपछि थापालाई २० हजार स्विस फ्र्याङ्क (करिब २१ लाख रूपैयाँ) जरिवाना गर्ने निर्णय पनि भएको छ ।

यसअघि संसदको सार्वजनिक लेखा समितिले गणेश थापाले ५८ कराेड रूपैयाँ भ्रष्ट्राचार गरेको ठहर गर्दै १२० दिन निलम्बन गरेको थियो ।लेखा समितिले कारबाहीका लागि सिफारिस गरे पनि अख्तियारले उनको मुद्धा तामेलीमा राख्यो भने थापा त्यही बेला राप्रपा नेपालको सिफारिसमा मन्त्रिपरिषद्बाट सांसदमा मनोनित भएका थिए । उनी गत असारमा फेरि एन्फा अध्यक्षमा फर्किएका थिए ।