२०६३ सालको एसएलसीमा विद्यार्थी संख्या शून्य ?

विसं २०६४ सालको एसएलसी परिक्षाको परिक्षाफल हालै प्रकाशित भएको छ । यहाँ प्रसंग भने २०६३ सालको एसएलसीको हो । के २०६३ सालको एसएलसीमा सम्मिलित विद्यार्थी संख्या शून्य थियो ? के गत वर्ष एसएलसीमा विशिष्ट श्रेणी लगायत अन्य श्रेणीहरुमा उतिर्ण संख्या सबै शून्य नै थिए ?

यहाँ हेर्नुहोस नेपाल सरकार शिक्षा तथा खेलकूद मन्त्रालयको वेबसाइटको दुर्दशा । २०६४ सालको एसएलसी परिक्षाको विवरण पनि यस मन्त्रालयको वेबसाइटमा 'चाँडै' नै प्रकाशन हुन्छ होला । यस वेबसाइटमा २०६३ सालको एसएलसी परिक्षा विवरणको पेजमा गइ हेर्नु भयो भने तपाइँले देख्नु हुनेछ यस सालको परिक्षामा सम्मिलित विद्यार्थी संख्यादेखि उतिर्ण विद्यार्थी संख्या सबै नै शून्य राखिएको छ । यो पेज हेर्न यहाँ क्लिक गर्नुहोस ।

शिक्षा तथा खेलकुद मन्त्रालय जस्तो जिम्मेवार निकायको आधिकारिक वेबसाइटमा नै यस्तो लापरवाही हुनु लज्जास्पद कुरा भएन र ?