दरवारको विजुली पानीको बिल सात करोड पचास लाख

लामो समयदेखि विजुली पानीको बिल नतिरेको नारायणहिटी राजदरवारको बिल सात करोड सत्तरी लाख रुपैयाँ पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार नारायणहिटी दरवारले ६२ सालको असोजदेखि विजुलीको महसुल बुझाएको छैन । प्राधिकरणका अनुसार दरवारको नाममा हालसम्म ४ करोड ७० लाख महसुल बाँकी छ । औसतमा दरवारको मासिक विजुली महसुल १५ लाख पुग्ने गर्दछ ।

त्यस्तै दरवारको नाममा १ करोड १० लाखको टेलिफोन महसुल बाँकी रहेको र खानेपानीको बिल १ करोड ५० लाख पुगेको बुझिएको छ । यस मध्ये निलम्वित राजा ज्ञानेन्द्रको मोबाइलको बिल मात्र १० लाख नाघेको छ ।

केही महिना अगाडी मात्र युवराज पारस शाहले प्रकृति कोषको रकम हिनामिना गरी गाडी किनेको र प्रकृति कोषको कम्प्यूटर आफ्नो नीजि प्रयोगका लागि दरवारमा राखेको भनी एक अनुसान्धानले देखाएको थियो ।