विश्वकप फुटबल: फ्रान्स बन्यो दोश्रो पटकको विजेता

क्रोएसियालाई पराजित गर्दै फ्रान्सले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। रसियामा सम्पन्न विश्वकप २०१८ मा फ्रान्सले क्रोएसियालाई ४ २ ले पराजित गर्दै २० वर्षपछि उपाधि जितेको हो। क्रोएसिया भने पहिलो पटक फाइनलमा पुगेको थियो ।

फ्रान्सको टोलीले एन्टोनी ग्रीजमन, पउल पोग्बा र किलिएन एमबाप्पेले एक एक गोल गरे भने मारियो मान्डुकिचले आत्मघाती गोल उपहार दिए । पहिलो पटक विश्वकप फाइनल खेलेको क्रोएसियाको लागि इभान पेरिसिक र मान्डुकिचले गोल गरेका थिए ।

फ्रान्स दुई अथवा त्यो भन्दा बढी विश्वकप जित्ने छैटौँ राष्ट्र बनेको छ। यसअघि ब्राजिलले ५, इटली र जर्मनीले ४, ४ तथा उरुग्वे र अर्जेन्टिनाले २,२ पटक विश्वकप जितेका छन्।