सिमसार दिवसको उपलक्ष्यमा कीर्तिपुरमा टौदहबारे अन्तरक्रिया

आज फेब्रुअरी २ तारिख, विश्व सिमसार दिवस । कीर्तिपुर नगरपालिका वडा नं. ६ स्थित महत्वपूर्ण सिमसार क्षेत्र टौदहमा चरा अवलोकन र टौदह सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कीर्तिपुर नगरपालिकाद्वारा किपू दरवार पार्टी भेन्यूमा आयोजित कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का, वडा नं. ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन, ६ नं. वडाका सदस्यहरू सुनिल डंगोल, उत्तम नेपालका साथै जनप्रतिनिधिहरू र सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा डच नागरिक आरेण्ड भान रिएस्सेन्तले आफूले १३ वर्ष लगाएर गरेको अध्ययनको आधारमा “टौदह हिजो, आज र भोलि” विषयक एक प्रस्तुती समेत प्रस्तुत गर्नुभएको थियो ।