तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप - प्रमओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन् ।

आजबाट शुरु हुने खोप कार्यक्रम पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई थालिएको छ । कोभिशिल्ड खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो भने यी खोप सबै जनतालाई निःशुल्क उपलब्ध हुने बताइएको छ ।