ह्याप्पी लर्निङ प्याककाे सेवा यसरी लिनुहोस्

काठमाडौं - सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ह्याप्पी लर्निंग प्याक  उपलब्ध गराएको छ । कम्पनीले  यसअघि कोभिड १९ को महामारीको समयमा विद्यार्थीहरुको पठनपाठनमा सघाउ पुर्‍याउने उद्देश्यका साथ यो नयाँ प्याक ल्याएको थियो ।

विद्यालय र विश्वविद्यालयको अनलाइन पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सस्तो मूल्यमा कम्पनीले यो प्याकेज उपलब्ध गराएको थियो । यसअन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डेटा उपलब्ध हुने टेलिकमले जनाएको छ ।  २४ जीबी डेटामध्ये २० जीबी डेटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ईलर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डेटा अन्य कुनैपनि एप्लिकेसनमा प्रयोग गर्न सकिनेछ ।

साथै  ३५ जीबीको अर्को प्याकेजमा ३० जीबी डेटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ईलर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डेटा अन्य कुनैपनि एप्लिकेसनमा उपयोग गर्न सकिने गरी टेलिकमले यो प्याक उपलब्ध गराएको थियो । तर, अब भने यो प्याक सबैले प्रयोग गर्न सकिनेछ । यसअघि यो प्याक लिन स्कुल कलेजबाट ईमेल वा वेबसाइटमा रजिस्ट्रेशन गर्नु पर्ने छैन।

तर अब भने कलेजबाट ईमेल वा वेबसाइटमा रजिस्ट्रेशन लगायतका कुनै प्रक्रिया अपनाउनु नपर्ने टेलिकमले जनाएको छ । योसँगै टेलिकमका प्रयोगकर्ताले सस्तो मूल्यमा यो प्याक प्रयोग गर्न पाउने भएका छन् ।