सडक विस्तार विरुद्ध रिले अनसन

बालाजु सडक विस्तारका पीडितहरुले यसको विरुद्ध रिले अनसन थालेका छन् । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, बालाजुले सो रिले अनसन विवादित सडक विस्तार क्षेत्रमै गरेका हुन्।

माथिको आदेश भनी सहमति विना स्थानियको घर भत्काउन थालेपछि आफ्नो सर्वस्व गुमेको आरोप अनशनमा बसेका सडक विस्तारमा घरवारविहीन भएका छन् । कानूनी राज्यको प्रत्याभूत गर्नुपर्ने, सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नु पर्ने, गैरन्यायिक सडक विस्तारले विस्थापित भएकाहरुलाई पुनर्वासको व्यवस्था गर्नुपर्ने, आइएलओ कन्भेन्सनले दिएको आदिवासीहरुको हक अधिकार सुनिश्चित गनुैपर्ने लगायतका माग राखी शुरु भएको रिले अनशन विस्थापितहरुलाई सोही स्थानमा पुनर्वास नगरिएसम्म जारी रहने उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष सुमन सायमीले बताएका छ्न् ।