कोरोनाभाइरस संक्रमित अंशु घर फर्किइन

कोरोनाभाइरस संक्रमित बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया युबती अंशु सापकोटा अस्पतालबाट डिस्चार्ज भएकी छिन् । सापकोटाले कुनै पनि औषधी नखाई कोरोना जितेर अहिले भरखरै डिस्चार्ज भएकी हुन् ।

छैठौ रिपोर्ट नेगेटिभ आएसंगै उनी शुक्रबार राती डिस्चार्ज भएकी हुन् । लगातार दुईपटकसम्म नेगेटिभ रिपोर्ट आएकाले उनी अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।१९ वर्षीया अंशुलाई उनका पिताले बुझेका छन् ।योसँगै कोरोनाबाट निको हुनेको संख्या ११ पुगेको छ।

अंशुको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिएका छन् ।उनकोको अवस्था सामान्य भए पनि यस अघिको चार वटा स्वाब रिपोर्ट कोरोना संक्रमण भएको पोजेटिभ रिपोर्ट नै आएको थियो । उनी चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको बिमान हुँदै नेपाल फर्किएकी थिइन् । त्यही क्रममा चैत्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गत साता मात्रै नेपालको छैठौ तथा जिल्लाको दोस्रो संक्रमित बानपा ३ गौडाकोटकी ६५ बर्षीया मनकुमारी पौडेल दम र प्रेसर रोगका बाबजुद पनि सहजै कोरोनालाई जितेर फर्किएकी थिइन् ।