उदयपुरमा ११ आठ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२ पुग्यो

अपडेट - उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

--

उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्रमा थप आठ जनाको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ ।

पहिलो पीसीआर परीक्षणमा पोजेटिभ देखिएकाले पुन पुष्टिका लागि स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ कोभिड सूचना केन्द्रका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । थप पुष्टिका लागि स्वाबलाई धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।