२-१ को गोल अन्तरमा अर्जेन्टिना नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलको नाइजेरियासँगको नेपालको समयानुसार मंगलबार रातिको खेलमा २-१ को गोल अन्तरमा अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ ।

खेलमा चौधौं मिनेटमा अर्जेन्टिनाको तर्फबाट पहिलो गोल गरेका थिए भने एकाउनौं मिनेटमा नाइजेरियाका तर्फबाट भिक्टर मोजेसले एक गोल गरेका थिए । खेलको अन्तिमतिर छयासीऔं मिनेटमा अर्जेन्टिनाको तर्फबाट मार्कस रोहोले गोल गरेपछि २-१ को गोल अन्तरमा खेल टुंगिएको थियो । यसलगतै अर्जेन्टिनाको विश्वकप फुटबलको यात्रा अर्को चरणमा जारी भएको छ । ग्रुप १६ अर्थात नकआउट चरणको खेल अर्जेन्टिनाले फ्रान्ससँग आउने शनिवार नेपालको समयानुसार राति ७:४५ मा हुने भएको छ ।