भोलिदेखि विश्वकप फुटबल

फिफा विश्वकप फुटबल २०१८ बिहीबारदेखि रुसको राजधानी मस्कोमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन यस वर्षको आयोजक रसिया र साउदी अरेबियामा हुँदैछन् ।

विश्वकपमा सुरुवातमा ४८ समूहका खेलहरु हुनेछन् । उनीहरुबाट दोस्रोचरणका लागि छनोट भएका १६ हुदै ८ टोलीले क्वार्टरफाइनल खेल्नेछन् । त्यसपछि सेमिफाइनल र अनि फाइनलको टुंगो एक महिनापछि जुलाई १५ मा लाग्नेछ । यस वर्षको प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन जर्मनी, स्पेन, ब्राजिल र फ्रान्सलाई उपाधिको प्रमुख दावेदारको रुपमा हेरिएको छ । व्यक्तिगत रुपमा अब्बल खेलाडी भएकै कारण बेल्जियम, अर्जेन्टिना, पोर्चुगल र इंग्ल्यान्डको पनि सम्भावना रहेको छ ।

बिरालोले भविष्यवाणी गर्ने
सन् २०१० को विश्वकपमा पल नामको अक्टोपसले गरेको भविष्यवाणी मेल खाएपछि ऊ सेलिब्रटी बनेको थियो । उसले समूहचरणमा गरेका भविष्यवाणीहरु मेल खाएको थियो । यस्तै फाइनलमा उसले स्पेन जित्छ भनेर गरेको भविष्यवाणी पनि सही ठहरियो । यस विश्वकपमा भने पनि जनावरको भविष्यवाणीलाई निरन्तरता दिइएको छ । यसपटक विश्वकपको भविष्यवाणीकर्ताको रुपमा एकिलिज नाम गरेको निलो आँखा र सेतो रंगको कान नसुन्ने बिरालोको चर्चा पनि चुलिएको छ । उक्त बिरालो हाल पिटर्सबर्गको हर्मिटेज म्यूजियममा राखिएको छ ।