दशैँ अगाडि नै मेलम्चीकाे पानी

बहुप्रतिक्षित मेलम्ची खानेपानी अायाेजनाकाे सुरुङमार्ग खन्ने काम लगभग पूरा भएकाे छ । अब सुन्दरीजलबाट मेलम्ची हेडवर्क्ससम्म सुरुङभित्रैबाट पुग्न सकिने आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिले अाज राजधानीमा अायाेजित एक पत्रकार सम्मेलनकाे अायाेजना गर्दै प्राविधिक रूपमा सुरुङ खनेर सोमबार नै सकिएको भए तापनि ब्रेक थ्रुको औपचारिक कार्यक्रम भने चैत्र २९ गते राखिएको सम्मेलनमार्फत जानकारी गराएकाे छ । समितिले २६ किलोमिटर लामो सुरुङ खनिसक्ने कामलाई ऐतिहासिक उपलब्धि भनेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ तीन खण्डमा विभाजन गरेर सन् २०१० को जुन महिनादेखि खन्न थालिएको थियो ।