विश्व नेवार सम्मेलन सुरु

वर्ल्ड नेवाः अर्गनाइजेशनको आयोजना र नेपाः पासा पुचः अमेरिकाय् तथा नेवाः अर्गनाइजेशन अफ अमेरिकाको सह आयोजनामा दोश्री विश्व नेवार सम्मेलन शुक्रवार अमेरिकाको बाल्टिमोरमा सुरु भएको छ । शुक्रवार दर्ता कार्यक्रम र अनाैपचारिक भेटघाट तथा रात्रीभोज सहितको कार्यक्रममा विभिन्न देश र अमेरिकाका विभिन्न राज्यबाट आएका अतिथिहरु बीच चिनापर्ची कार्यक्रम भएको थियो । सम्मेलनको अाैपचारिक उद्घाटन मल्ल के सुन्दर र अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनबहादुर कार्कीले शनिवार गर्नु हुनेछ ।