उर्मिला बनीन मिस तामाङ २०१६

उर्मिला लामा योञ्जनले यस पटकको मिस तामाङ प्रतियोगिताको उपाधि हात पारेकी छिन् । २८५२ औं सोनाम ल्होसार पर्वका अवसरमा आयोजित तामाङ समुदायको मौलिकता, कला–संस्कृति, भाषा, वेशभूषाको सेरोफेरोमा टुँडिखेलमा सम्पन्न यो प्रतियोगितामा ३० जना प्रतिस्पर्धीमध्ये उर्मिलाले यो उपाधि जितेकी हुन् ।

प्रतियोगितामा सम्झना ठोक्कर फस्ट रनर्सअप तथा शिक्षा योञ्जन सेकेन्ड रनर्सअप घोषित भए । त्यस्तै कविता लामा लोप्चन फोर्थ रनर्सअप घोषित भइन् । आयोजकहरूका अनुसार अनुशासनको कारबाहीअनुरूप थर्ड रनर्सअप विधा भने नीलम्बित गरिएको थियो । रोजिन शाक्यको कोरियोग्राफीमा सञ्चालित उक्त प्रतियोगिताको अन्य उपाधितर्फ तारा लामा ठोक्कर फ्रेन्डसिप, अस्मिता तामाङ ब्युटीफु हेयर, विपिशा तामाङ ब्युटिफुल स्माइल, अजिता तामाङ दोङ वेस्ट वाक, शान्ति तामाङ बमजन फोटोजेनिक एवार्डमा विजेता भए । यसैगरी एलिजा पाख्रिन डिसिप्लिन, विनिता तामाङ वाइबा वेस्ट स्किन, केसाङ पाख्रिन पपुलर, अमिता दोङ फेसबुक च्वाइस तथा लक्ष्मी तामाङ स्याङ्तान ट्यालेन्ट एवार्डका विजेता छानिएका थिए ।