फेसबुकमा शेयर गरेको भरमा कसैले कसैलाई पैसा दिँदैन

यस साता फेसबुक प्रयोगकर्ताहरुले एउटा स्टाटस पोष्ट गर्‍यो भने ४५ लाख डलर पाइन्छ भनेर उक्त स्टाटस पोष्ट गर्ने होडवाजी चल्यो । उक्त स्टाटसमा फेसबुकका सिईओ मार्क जकरबर्गले आफ्नो छोरीको जन्मपश्चात फेसबुक प्रयोगकर्तालाई ‘फेसबुक’ विश्वकै शक्तिशाली सञ्चार माध्यम बनेको भन्दै प्रयोगकर्तालाई धन्यवाद दिएको आफ्नो पोष्ट शेयर गरेबापत भाग्यशाली हजार जनालाई ४५ लाख डलर दिइने भन्ने खालको व्यहोरा उल्लेख थियो ।

Can’t wait to see who the lucky recipients are…According to Good Morning America, Not a hoax! Mark Zuckerberg has announced that he is giving away $45 billon of Facebook stock. What you may not have heard is that he plans to give 10% of it away to people like YOU and ME! All you have to do is copy and paste this message into a post IMMEDIATELY. At midnight PST,Facebook will search through the day’s post and award 1000 people with $4.5 million Each as a way of saying thank you for making Facebook such a powerful vehicle for connection

हचुवाकाे भरमा यो स्टाटस धेरैले पोष्ट / शेयर गरे । यस प्रकारको हल्ला फैलाउने काम पटकपटक भइ नै रहेको छ । कुनै गरिब वा अपाङ्ग/रोगीको यस प्रकारको फोटो राखी फेसबुकमा हल्ला फैलाउने कामहरु पनि हामीले देख्दै गरेका छाैं ।

facebook-will-donate-one-dollar

पैसा पाउने लोभमा, भावुकताका रुपमा वा कुनै भगवानको फोटो 'पाँच सेकेण्ड' भित्र शेयर गरे मनोकांक्षा पूरा गर्ने 'अन्धविश्वास' मा यस्ता कुरा लाइक र शेयर गर्दै बस्ने थुप्रै छन् ।

कुनै कुरा लाइक वा शेयर गरेकै भरमा फेसबुकले (वा कसैले पनि) पैसा दिन्छ भन्छ भने त्यो सिधै गलत हो भनी बुझ्नु होस् । यस प्रकारको कुनै पनि कृयाकलाप केवल हल्ला मात्र भएको र यसैको भरमा फेसबुकल पैसा नदिने कुरा फेसबुकले पटक पटक सावधानी गराएको छ । यसै साता भाइरल बनेको पोष्टका सत्यताकाे बारेमा पनि यदि यो सत्य हुँदो हो त मार्क जकरवर्गले यति ठूलो घोषणा आफ्नो अाधिकारिक फेसबुक पेजबाट गर्दैनन् होला र? अथवा यति ठूलो रकम वित्थैमा बाँड्दै हिँड्न जकरवर्गलाई के जरुरी छ? सामान्य विवेक मात्र लगाए पनि यी कुरा बुझ्न सकिन्छ ।

फेसबुक अहिले विश्वको सबभन्दा शक्तिशाली सामाजिक सञ्जाल बनेको छ र कुनै समाचार व घटना शेयर गर्न यो अन्यन्त प्रभावकारी भएको छ । यस प्रकारका हावादारी पोष्टहरु गरेर फेसबुकको दुरुपयोग नगराैं । यस प्रकारका पोष्ट वा फोटोहरु फेसबुकमा देख्नु भयो भने लाइक वा शेयर नगरी फेसकुकलाई रिपोर्ट गर्नुहोस । यसरी हामी फेसबुकलाई अझ प्रभावकारी ढंगले उपयोग गर्न सक्छाै‌ं ।